तीज महोत्सव २०२५

🇳🇵 NRNA NCC Sweden द्वारा आयोजित:

तीज महोत्सव २०२५

📍्टोकहोम – २३ अगस्ट २०२५

📍 गोथेनबर्ग – २४ अगस्ट २०२५

नेपाली महिलाहरूको महान चाड हरितालिका तीज को अवसरमा, NRNA NCC Sweden ले स्टोकहोम र गोथेनबर्गमा भव्य तीज विशेष कार्यक्रमको आयोजना गर्न गइरहेको छ।

🌟 विशेष आकर्षण:

🎤 नेपाली लोकदोहोरी क्षेत्रकी बहुप्रशंसित तथा लोकप्रिय गायिका शान्ति श्री परियारको प्रत्यक्ष प्रस्तुति!

🎶 साथै:

• स्थानिय कलाकारहरूको सांगीतिक प्रस्तुति

👑 तीज क्विन प्रतियोगिता २०२५

आफ्नो संस्कृति, भेषभूषा, नृत्य र संगीतको उत्सवलाई सँगै मनाउने यो अवसरमा सम्पूर्ण नेपाली समुदायलाई उपस्थित भई साथ, सहयोग र सक्रिय सहभागिता जनाउन हार्दिक अनुरोध गरिन्छ।

📍 कार्यक्रम स्थलहरू:

स्टोकहोम: Kista Torg 7, Stockholm

गोथेनबर्ग: Kyrkbytorget 5, Gothenburg

💵 प्रवेश शुल्क:

👩 महिलाहरू: १५० क्रोनर (साँझको खाना सहित)

👨 पुरुषहरू: २०० क्रोनर (साँझको खाना सहित)

🧒 १६ वर्ष मुनिका बालबालिका: निःशुल्क (साँझको खाना सहित)

🎓 विद्यार्थी तथा १६–१८ वर्ष उमेर समूह: १०० क्रोनर (साँझको खाना सहित)

🚪 कार्यक्रम स्थलमा बिक्री मूल्य: २५० क्रोनर (साँझको खाना सहित)

💳 टिकट खरिद गर्न Swish: 1230128405

नोट: खानाको व्यवस्थापन गर्न कठिनाइ हुने हुदा कार्यक्रममा सहभागी हुने महानुभावहरूले संस्थाको इमेल swedennrna@gmail.com मा मेल वा संस्थाका कार्यसमितिका सदस्यहरू मध्य जो कसैलाई, आफु सहित सहभागीको संख्या जानकारी गरिदिनु हुन बिनम्र अनुरोध गर्दछौं ।

धन्यबाद !

आयोजक:

गैर-आवासीय नेपाली संघ

राष्ट्रिय समन्वय परिषद, स्वीडेन

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top