गैर–आवासीय नेपाली संघ स्वीडेनद्वारा यसअघि प्रकाशित राहदानी घुम्ती सेवा सम्बन्धी सूचनाबारे यहाँहरूलाई अद्यावधिक जानकारी गराउन चाहन्छौं।
नेपाली राजदूतावास, Copenhagen डेनमार्क सँगको समन्वय अनुसार, स्वीडेनको Stockholm मा राहदानी घुम्ती सेवा अप्रिलको अन्तिम साता वा मे महिनामा सञ्चालन गर्ने विषयमा सकारात्मक छलफल भएको छ। सेवाको यकिन मिति भने अप्रिलको पहिलो साता तिर सार्वजनिक गरिने जानकारी प्राप्त भएको छ।
राजदूतावासले जानकारी गराएअनुसार हालसम्म राहदानी नविकरण, नयाँ राहदानी बनाउने तथा अन्य राजदूतावाससँग सम्बन्धित सेवा लिने आवेदकहरूको संख्या पर्याप्त पुगेको छैन। त्यसैले यदि यहाँहरूमध्ये कसैले नाम दर्ता गर्न छुटाउनुभएको छ भने, कृपया यथाशीघ्र आफ्नो नाम दर्ता गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
इमेल:
swedennrna@gmail.com
सम्पर्क व्यक्तिहरू:
रीना ढकाल – 076-449 80 81
राजेन्द्र तामाङ – 073-498 16 75
डा. दीपराज थापा – 070-414 88 57
नोट: अत्यावश्यक राहदानी सम्बन्धी कार्यका लागि सम्बन्धित व्यक्तिहरूले सिधै नेपाली राजदूतावास, Copenhagen डेनमार्कमा सम्पर्क गर्नुहुन अनुरोध छ।
थप जानकारी घुम्ती सेवाको मिति तय भएपश्चात अप्रिलको पहिलो साता सार्वजनिक गरिनेछ।
धन्यवाद।
भवदीय,
गैर–आवासीय नेपाली संघ, स्वीडेन
