International Women’s Day – March 08 2026 – Stockholm

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गैरआवासीय नेपाली संघ स्वीडेनले “महिलाहरुको स्वास्थ्य संरक्षण र स्त्रीरोगसम्बन्धी सचेतना” विषयमाअन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको जानकारी गराउन चाहन्छौ।

यस कार्यक्रममा मुख्य प्रस्तोताको रुपमा स्वीडेन स्टोकहोल्म स्थित क्यारोलिन्स्का इन्स्टिच्युटका स्त्री तथा प्रसूति रोग विभागका प्रमुख, स्त्रीरोग, प्रसूति तथाप्रजनन चिकित्सा विशेषज्ञ प्रा. डा. गणेश आचार्यज्युले महिलाको स्वास्थ्य तथा स्त्रीरोग शिक्षा सम्बन्धि सचेतनामुलक प्रस्तुति दिनुहुनेछ भने कार्यक्रमसंचालीका रीना ढकालले महिला दिदी-बहिनीहरुबाट आएका प्रस्न तथा जिज्ञासा हरुको संकलन गरि सहजिकरणको भूमिका निर्बाह गर्नुहुनेछ।

स्टोकहोल्म बाहिर बस्ने वा विशेष कारणले उपस्थित हुन नसक्ने महिला दिदी–बहिनीहरूको लागि QR कोड उपलब्ध गराइने छ।

# यसमार्फत महिलाले आफ्नो स्वास्थ्यसम्बन्धी प्रश्नहरू पठाउन सक्नेछन्।

# चाहनु भएमा तपाईको नाम गोप्य राख्न सकिनेछ।

# ती प्रश्नहरूको उत्तर कार्यक्रमकै दिन डा. गणेश आचार्यज्यू बाट प्रत्यक्ष दिइनेछ।

महिला दिदी–बहिनीहरूले उक्त दिन कविता, कथा वा नारी दिवस सम्बन्धि अन्य कुनै पनि प्रस्तुति दिन चाहनुहुन्छ भने मार्च १ तारिखसम्म आफ्नो नामटिपाउनुहुन अनुरोध छ।

यसको आधारमा कार्यक्रमको रुपरेखा तय गरिनेछ।

स्थान: Akalla by 12, 164 78 Kista

मिति: ८ मार्च २०२६

समय: १३:०० – १६:००

थप जानकारीका लागि सम्पर्क:

रविता नेपाल अधिकारी – 072326 09 79

सुधा कँडेल – 073751 42 91

अञ्जना गिरी – 0723000492

रीना ढकाल – 076 449 8081

कार्यक्रम NRNA NCC Sweden को Official Facebook Page मार्फत Live प्रसारण गरिनेछ।

प्रार्थी

गैरआवासीय नेपाली संघ, स्वीडेन

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top