NRNA SWEDEN 8TH GENERAL ASSEMBLY – ELECTION INFO

गैर-आवासीय नेपाली संघ, स्वीडेनको निर्वाचन सम्बन्धि अत्यन्त जरुरी सुचना !

नमस्कार!!

आगामी १९ जुलाई २०२५ का दिन सम्पन्न हुने आठौ महाधिवेशन द्वारा निर्वाचित गरिनु पर्ने गैर-आवासीय नेपाली संघ, स्वीडेनको कार्यकारिणी समितिको पदाधिकारी, सदस्य तथा अन्तराष्ट्रिय समन्वय परिषद् सदस्यको निर्वाचन सम्बन्धि कार्यतालिका देहाय बमोजिम रहेको छ:-

▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔

►मनोनयनपत्र(उमेद्वारी) दर्ता: १२ जुलाई

▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔

►उमेद्वारको नामावली प्रकाशन: १२ जुलाई

▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔

►उमेद्वारी फिर्ता: १३ – १४ जुलाई

▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔

►दावी बिरोध: १३ – १४ जुलाई

▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔

►उमेद्वारको अन्तिम नामावली प्रकाशन: १५ जुलाई

▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔

► एन आर एन ए स्वीडेनको मौजूदा कार्यकारिणी समितिले निर्वाचन समितिलाई अवगत गराएको जानकारी अनुसार उमेद्वारी मनोनयन दर्ता शुल्क देहाय बमोजिम रहेको छ:-

(१) अध्यक्ष-२५००Sek.

(२) उपाध्यक्ष -२०००Sek.

(३) महासचिव-२०००Sek.

(४) सचिव-२०००Sek.

(५) कोषाध्यक्ष-२०००Sek.

(६) युवा संयोजक-२०००Sek.

(७) महिला संयोजक -२०००Sek.

(८) सदस्य -१०००Sek.

(९) सदस्य अन्तर्राष्ट्रिय समन्वय समिति-२५००Sek.

▬▬▬▬▬▬▬▬▬▬▬▬▬ ▬▬

उमेद्वारीको मनोनयन पत्र दर्ता गराउन हुने उमेद्वारले तल उल्लिखित एन आर एन ए, स्वीडेनको बैङ्क एकाउन्टमा दर्ता शुल्क बुझाई त्यसको रशिद अनिबार्य साथमा लिएर आउनु पर्ने छ नत्र उमेद्वारी दर्ता हुने छैन । उमेद्वारीको मनोनयन पत्र दर्ता गर्दा बुझाएको शुल्क (दस्तुर) फिर्ता हुने छैन ।

Swish Pay: 1230128405

581185-6 Pusgiro

► Stockholm बाट उमेद्वारीको मनोनयन पत्र दर्ता गराउन चाहनु हुने उमेद्वारले निम्न मिति, समय र स्थानमा उपस्थित भएर निर्वाचन ऐन २०२५ को दफा ९ बमोजिम तोकिएको फारम भरी मनोनयन पत्र दर्ता गराउनु पर्नेछ।

मिति: १२ जुलाई २०२५

समय :१३:००-१६:००

स्थान : ‪Sibeliusgången 32, 164 72 Kista ‬‬

►स्टकहोल्मको अतिरिक्त स्वीडेनको अन्य भुभागहरुबाट मनोनयन पत्र दर्ता गराउन चाहनु हुने उमेद्वारहरुले निर्वाचन ऐन २०२५ को दफा ९ बमोजिम तोकिएको फारम भरी १२ जुलाई भित्र निर्वाचन समिति समक्ष आईपुग्ने गरी हुलाक मार्फत माथि उल्लेखित ठेगानमा सम्बन्धित कागजातहरु पठाउनु पर्नेछ ।

▬▬▬▬▬▬▬▬▬▬▬▬▬

►मनोनयनपत्र दर्ता गराउने क्रममा निर्वाचन ऐन २०२५ को दफा ९ बमोजिम उमेद्वारले भर्नुपर्ने फारम लाई यसै साथ सार्वजनिक गरिएको छ, जसमा १ जना प्रस्ताबक र १ जना समर्थक अनिबार्य हुनु पर्नेछ ।

▬▬▬▬▬▬▬▬▬▬▬▬▬

► “एन आर एन ए स्वीडेन निर्वाचन ऐन २०२५ को दफा ८ र ९ बमोजिम रित नपुगेका तथा दफा ११ बमोजिम बदर हुने भनिएका मनोनयनपत्रहरु बदर हुने भएकोले सम्बन्धित सबै उमेद्वारलाई निर्वाचन समिति द्वारा जारी गरिएको निर्वाचन ऐन २०२५ लाई ध्यानपूर्वक अध्ययन गरी तोकिएको समय अवधि भित्र मनोनयनपत्र दाखिला गराउनु हुन निर्वाचन समिति हार्दिक आग्रह गर्दछ ।

▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔

अन्त्यमा :

उपर्युक्त सूचना तपाईहरुले अपेक्षा गरे अनुरूप प्रष्ट नभएमा तथा मनोनयनपत्र दाखिला र निर्वाचन सम्बन्धि कुनै जिज्ञासा या प्रश्न भएमा निर्वाचन समितिका संयोजक राजु न्यौपाने तथा उप संयोजक प्रमानन्द शर्मा लाई सम्पर्क गर्न सक्नु हुनेछ ।

धन्यबाद !

▔▔▔▔▔▔

राजु न्यौपाने (संयोजक) 0727809683 प्रमानन्द शर्मा (उपसंयोजक) 0735127712

निर्वाचन समिति

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, स्वीडेन

Scroll to Top