दोस्रो पुस्ताका बालबालिका तथा युवाहरूका लागि वक्तृत्व कला प्रतियोगिता कार्यक्रम

गैर–आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् स्वीडेनको आयोजनामा स्वीडेनका विभिन्न ठाउँमा बसोबास गर्ने नेपाली मूलका दोस्रो पुस्ताका बालबालिका तथा युवाहरूका लागि नेपाली भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले एक विशेष अनलाइन वक्तृत्व कला प्रतियोगिता आयोजना गरिएको छ। वक्तृत्व कलामा सहभागी हुन इच्छुक बालबालिकाहरूले तल दिइएका दुईवटा शीर्षकमध्ये एकवटा शीर्षक छनोट गर्न सक्नुहुनेछ। उक्त वक्तृत्व कला प्रतियोगिताको सहजीकरण वर्तमान महासचिव रीना ढकालले गर्नुहुनेछ भने निर्णायक मण्डलमा निवर्तमान अध्यक्ष तथा आइसिसी सदस्य गंगा घिमिरे, वर्तमान उपाध्यक्ष डा.दिपराज थापा र युरोप महिला संयोजक बाबा राजेश्वरी थापा रहनुहुनेछ।
वक्तृत्व कलाका लागि नाम दर्ता गराउने अन्तिम मिति 🗓️: May 31
वक्तृत्व कला हुने मिति: June 14
⏰ समय: 13:00 – 16:00
💻 माध्यम: अनलाइन
Join Zoom Meeting
https://zoom.us/j/96352618603…
Meeting ID: 963 5261 8603
Passcode: 996992
📝 प्रतियोगिताका विषयहरू:

  1. मेरो देश नेपाल
  2. मातृभाषाको महत्त्व
    ⏱️ 👥 समूह विभाजन तथा समय सीमा:
  • ७–१० वर्ष: ५मिनेट (समूह 1)
  • ११–१४ वर्ष: ५मिनेट (समूह 2)
  • १५–१८ वर्ष: ५ मिनेट (समूह 3)

🏆 पुरस्कार:
प्रत्येक समूहबाट प्रथम, द्वितीय र तृतीय गरी कुल ९ जनालाई पुरस्कार वितरण गरिनेछ।
🥇 प्रथम पुरस्कार:
📜 प्रमाणपत्र
💰 ५०० क्रोनर
🎁 मायाको चिनो

🥈 द्वितीय पुरस्कार:
📜 प्रमाणपत्र
💰 ३०० क्रोनर
🎁 मायाको चिनो

🥉 तृतीय पुरस्कार:
📜 प्रमाणपत्र
💰 २०० क्रोनर
🎁 मायाको चिनो

📌 दर्ता तथा थप जानकारीका लागि:

📧 इमेल: Nrnasweden@gmail.com
📞 राजेन्द्र तामाङ: 0734981675
📞 रीना ढकाल: 076449 80 81

🙏 सम्पूर्ण अभिभावक तथा नानीबाबुहरूलाई यस कार्यक्रममा सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौं।

आयोजक:
गैर–आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद्, स्वीडेन

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top